Kathmandu Press

बलात्कार आरोपित एमाले सांसद मोहन बानियाँ निलम्बित 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्वनमा परेको सूचना पढेर सुनाएलगत्तै बानियाँ सांसदबाट निलम्बित भएका हुन्। 
बलात्कार आरोपित एमाले सांसद मोहन बानियाँ निलम्बित 

काठमाडौं, फागुन २२ : बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। 

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्वनमा परेको सूचना पढेर सुनाएलगत्तै बानियाँ सांसदबाट निलम्बित भएका हुन्। 

बानियाँविरुद्ध एक महिलाले जबरजस्तीकरणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि फरार रहेका बानियाँलाई एकसाता अघि नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएकाे थियाे। 

हाल उनलाई हिरासतमा राखेर प्रहरीले घटनाको अनुसन्धान गरिररहेको छ। 

प्रकाशित मिति: १४:२१ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्