Kathmandu Press

संसदले बनायो ११ सदस्यीय ‘महाअभियोग सिफारिस समिति’

संसदको आज (आइतबार) बसेको बैठकमा उक्त समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हो।
संसदले बनायो ११ सदस्यीय ‘महाअभियोग सिफारिस समिति’

काठमाडौं, फागुन २२ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ११ सदस्यीय ‘महाअभियोग सिफारिस समिति’ गठन गरिएको छ।

संसदको आज (आइतबार) बसेको बैठकमा उक्त समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएकाे हो। समितिमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट तथा माओवादी केन्द्रबाट यशोदा सुवेदी गुरुङ र रेखा शर्मा छन् ।

नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जनता समाजवादी पार्टीबाट प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ साे समितिमा सदस्य छन्।

प्रमुख प्रतिपक्षी एमालेबाट समेटिएका चार सदस्यमा विष्णु पौडेल, शिवमाया ताम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र लालबाबु पण्डित छन्।

प्रकाशित मिति: १४:१८ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्