Kathmandu Press

भारतमा कोरोनाबाट थप ५ हजार ४७६ सङ्क्रमित

नयाँ दिल्ली, फागुन २२ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ।भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार ४७६ सङ्क्रमित भएका...
भारतमा कोरोनाबाट थप ५ हजार ४७६ सङ्क्रमित

नयाँ दिल्ली, फागुन २२ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ।

भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार ४७६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ। योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ५९ हजार ४४२ पुगेको अधिकारीले जनाएका छन्।

Hardik ivf

भारतको सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ९ हजार ७५४ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ८८ हजार ४७५ पुगेको छ। कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३६ को मृत्यु भएको छ। तीमध्ये १५८ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। गत शनिबार एक दिनमा भारतमा नौ लाख ९ हजार ९८५ को कोरोना परीक्षण गरिएको छ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड २८ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ। यहाँ गत २४ घण्टामा २६ लाख १९ हजार ७७८ डोज कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयबाट हालसम्म एक अर्व ७८ करोड ८३ लाख ७९ हजार २४९ डोज खोप लगाइएको छ।

प्रकाशित मिति: १४:०० बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्