Kathmandu Press

साउदी अरेबियामा कोरोनाविरुद्धका सबै प्रतिबन्ध हटाइए

रियाद, फागुन २२ : साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ।यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ। मन्त्रालयका अनुसार...
साउदी अरेबियामा कोरोनाविरुद्धका सबै प्रतिबन्ध हटाइए

रियाद, फागुन २२ : साउदी अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ।

यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ। मन्त्रालयका अनुसार यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ।

Hardik ivf

त्यसैगरी यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ।  पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ। तर यहाँका नागरिकले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ। सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ।

पछिल्ला केही हप्ताहरुमा यहाँ कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्