महाभियोग अगाडि बढाउन समिति गठन हुने, सूची पठाउन एमालेलाइ पत्राचार
काठमाडौं, फागुन २२ : प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल भएको...
काठमाडौं, फागुन २२ : प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ।
आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावबारे छलफल भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले काठमाडौं प्रेसलाई जानकारी दिएकी छन्।
महाभियोगको प्रकृया अगाडि बढाउनका लागि समिति गठन गर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रतिनिधित्व रहने सांसदहरुको सूची पठाउन पत्राचार गर्ने निर्णय भएको उनले बताइन्। ‘ समिति गठनका लागि सूची पठाउन उहाँहरुलाई पत्राचार गरिएको छ, महाभियोग प्रकृया अगाडि बढाउने गरी छलफल भयो,’ उनले भनिन्।
त्यस्तै संसद अवरोध खुलाउने विषयमा पनि बैठकमा छलफल भएको थियो। प्रमुख प्रतिपक्षी दल कार्यव्यवस्था परामकर्श समितिको बैठकमा उपस्थित नभएका कारण छलफल निर्णायक बन्न सकेको छैन।
आजको बैठकमा पनि एमाले अनुपस्थित थियो।











