Kathmandu Press

माओवादीको केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

पार्टीभित्र आन्तरिक गृहकार्य नपुगेका कारण आजकौ बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।
माओवादीको केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं, फागुन २२ : नेकपा माअ‍ोवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। 

आइतबार  बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे सारिएको थियो । तर दुई बजेपनि बैठक बस्ने अवस्था नभएपछि भोलिसम्मका लागि बैठक सारिएको हो। 

सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। उनका अनुसार  पार्टीभित्र आवश्यक गृहकार्य बाँकी रहेकाले आजको बैठक स्थगित गरिएको हो। ‘होमवर्क नपुगेका हुनाले आजको बैठक स्थगित भएको छ, भोलि ११ बजे बस्छ,’ उनले भने।  

प्रकाशित मिति: १२:५९ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्