Kathmandu Press

अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, फागुन २२ : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ।...
अमेरिकी र चिनियाँ विदेशमन्त्रीबीच फोनवार्ता

बेइजिङ, फागुन २२ : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ। सो फोनवार्ताका क्रममा उनीहरु  बीच चीन र अमेरिकाको सम्बन्ध तथा द्धिपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ।

उनीहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ।

Hardik ivf

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिेन्केनले चिनियाँ विदेशमन्त्री समक्षा राखेका थिए।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीन त्यो देख्न नचाहेको बताएका थिए।युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने भएको बताइएको छ। 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्