Kathmandu Press

एकिकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय समिति बैठक 

काठमाडौं, फागुन २२ : नेकपा (एकिकृत समाजवादी)ले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  एमसिसी र समसामयिक राजनीतिका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको एकिकृत...
एकिकृत समाजवादीले बोलायो पोलिटब्यूरो र केन्द्रीय समिति बैठक 

काठमाडौं, फागुन २२ : नेकपा (एकिकृत समाजवादी)ले पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  

एमसिसी र समसामयिक राजनीतिका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। 

उनका अनुसार सोमबार पोलिटब्यूरो र फागुन २५ र २६ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। बैठक अर्पण पार्टी प्यालेसमा बस्ने जानकारी दिएका छन्। 

बैठकमा स्थानीय तहको निर्वाचन र गठबन्धन दलसँगको तालमेलका बारेमा छलफल गरिने बताइएको छ।  

 

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्