तनहुँको दमौली बजारमा भीषण आगलागी
आगलागी नियन्त्रणका लागि दमकलसहित आर्मी र प्रहरी परिचालन गरिएको छ। मुख्य बजारमै आगलागी भएका कारण सर्वसाधारणहरु सडकमा निस्किएका छन्।
काठमाडौं, फागुन २२ : तनहुँको दमौलीमा भीषण आगलागी भएको छ।
आइतबार बिहान सवा १० बजे दमौली बजारको दमौली बजारको हार्डवेयर गोदाममा बिहान १० सवा बजेदेखि आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एक प्रहरीले जानकारी दिएका छन्।
आगलागी नियन्त्रणका लागि दमकलसहित आर्मी र प्रहरी परिचालन गरिएको छ। मुख्य बजारमै आगलागी भएका कारण सर्वसाधारणहरु सडकमा निस्किएका छन्।
आगो निभाउन कठिन भएपछि सिम्रिक एयरको हेलिकप्टर बोलाइएको छ। उक्त हेलिकप्टर पानी लिएर तनहुँ प्रस्थान गरिसकेको बताइएको छ।
आगलागीमा हालसम्म मानवीय क्षति भने भएको छैन।
प्रकाशित मिति: १२:०१ बजे, आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार