Kathmandu Press

स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का पुनः निर्वाचित

काठमाडौं, फागुन २२ : नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का पुनः निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको १६ औं साधारण सभाले खड्कालाई...
स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का पुनः निर्वाचित

काठमाडौं, फागुन २२ : नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का पुनः निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महासंघको १६ औं साधारण सभाले खड्कालाई तेस्रो कार्यकालका लाथि सर्वसम्मत अध्यक्ष चयन गरेको हो। 

खड्का यसअघि नेपाल सरकारको वैदेशिक रोजगार बोर्डको विज्ञ सदस्यसमेत रहेका थिए । उनलाई तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा विज्ञका रुपमा मनोनित गरेका थिए । लामो समस्य स्वास्थ्य क्षेत्रमा क्रियाशिल खड्काले अहिले कोभिडको परिक्षणका लागि सुलभ मुल्यमा गुणस्तरी सेवा दिने उदेश्यले क्रिष्टल डायोगनिस्टिक ल्याब संचालनमा ल्याएका छन् । 

साधारण सभाले वरिष्ठ उपाध्यक्षमा महेश राज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जिसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरि डिबी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा र कोषाध्यक्षमा रामपुकार तिवारीलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय सदस्यमा चन्द्रमा राई (चन्दा), प्रवेश रोका क्षेत्री, दीपक कार्की, पप्पु महासेठ, बेल बहादुर श्रेष्ठ (विजय), केशर थापा, रोजिना शाक्यलाई चयन भएका छन् । 

कार्यसमितिमा अरु थप पाँच जना सदस्य चयन हुनेछन् । महासंघको विधानअनुसार यी पाँच जनालाई अध्यक्षले मनोनयन गर्ने प्रावधान छ ।‘स्वास्थ्य क्षेत्र विशेष गरि वैदेशिक रोजगारीको क्षेत्रको स्वास्थ्य सेवालाई थप पारदर्शी, चुस्त, व्यवस्थित र मर्यादित बनाउनेतर्फ अघि बढ्ने खड्काले बताए । 

खड्काले अब नेपालमा स्वास्थ्य परीक्षण गराएर वैदेशिक रोजगारीमा गएकाहरूमा स्वास्थ्यकै समस्याका कारण फर्किनु पर्ने वातावरणको अन्त्य गर्न आफूले पहल गर्नेगरी गुणस्तरीय सेवा दिने र यो क्षेत्रलाई थप मर्यादित बनाएर अगाडि बढ्ने बताएका छन् ।
 

प्रकाशित मिति: ११:१५ बजे, आइतबार, फागुन २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्