घरेलु हिंसामा ससुरा, सासु र जेठाजुलाई तीन महिना कैद
दार्चुला, असोज ८ : जिल्ला अदालत, दार्चुलाले घरेलु हिंसा यहाँकी एक युवतीमाथि घरेलु हिंसा गरेको ठहर गर्दै उनका ससुरा, सासु र जेठाजुलाई तीन महिना कैद गर्....

दार्चुला, असोज ८ : जिल्ला अदालत, दार्चुलाले घरेलु हिंसा यहाँकी एक युवतीमाथि घरेलु हिंसा गरेको ठहर गर्दै उनका ससुरा, सासु र जेठाजुलाई तीन महिना कैद गर्नु पर्ने फैसला गरेको छ।
महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई उनका सुसुरा ६५ वर्षीय प्रमानन्द जोशी, सासु ५५ वर्षीया पार्वती जोशी र जेठाजु ३० वर्षीय श्यामराज जोशीले घरेलु हिंसा गरेको अदालतले ठहर गरेको हो। जिल्ला अदालतले तीनै जनालाई तीन–तीन महिना कैदको सजाय सुनाएको छ।
न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपित तीनै जनालाई दोषी ठहर गर्दै तीन–तीन महिना कैद र जनही २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार किरन सिंहले बताए।
विमलाका पति नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर छन्। उनी बाहिर रहेको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक र मानसिक यातना दिएको भन्दै उनले वैशाख २ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएकी थिइन्। त्यसमा मुद्दामा अदालतले तीनै जनालाई कैद सजाय सुनाएको हो।
कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दार्चुलामा घरेलु हिंसा कसुर सजायमा मुद्दा दर्ता भएर फैसला सुनाइएको यो पहिलो घटना हो। यसअघि घरेलु हिंसासम्बन्धी उजुरी आए पनि प्रहरीको महिला सेलमै मिलापत्रमा टुङ्गिने गरेको थियो।









-(86)-1764936079.jpg)


-1764760320.jpg)