Kathmandu Press

युवकको मृत्यु भएपछि सुर्खेतमा प्रहरीविरुद्ध प्रदर्शन

काठमाडाैं, फागुन २१ : प्रहरीको कुटपिटबाट घाइते भएका कालिकोटका युवकको मृत्यु भएपछि सुर्खेतमा प्रहरीविरुद्ध प्रदर्शन भएकाे छ।शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका...
युवकको मृत्यु भएपछि सुर्खेतमा प्रहरीविरुद्ध प्रदर्शन

काठमाडाैं, फागुन २१ : प्रहरीको कुटपिटबाट घाइते भएका कालिकोटका युवकको मृत्यु भएपछि सुर्खेतमा प्रहरीविरुद्ध प्रदर्शन भएकाे छ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमाल घाइते भएका थिए।

घाइते हमालकाे शनिबार बिहान सुर्खेत अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको थियो।हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीयले सुर्खेत वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रर्दशन गरेका हुन्। उनीहरुले सवारी साधन चल्न रोक लगाएका छन् र चोकमा टायर बालेका छन् ।

शुक्रबार बेलुका नेपालगञ्जबाट कालिकोट जाँदै गरेका हमाल र प्रहरीबीच ट्रकमा बढी सामान राखेकाे विषयमा विवाद भएकाे थियाे।

हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १९:१६ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्