Kathmandu Press

उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ

उत्तर कोरियाले पूर्वी क्षेत्रको समुद्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ

सियोल, फागुन २१ : उत्तर कोरियाले आफ्नो पूर्वी सामुद्रिकम क्षेत्रमा व्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको दक्षिण कोरियाले शनिबार जनाएको छ।

दक्षिण कोरियाको उच्च सैन्य स्रोतका अनुसार स्थानीय समयअनुसार शुक्रबार करिब ८ः४८ बजे प्योङयाङको सुनान क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको  र उक्त हतियार ब्यालेस्टिक क्षेप्यास्त्र नै थियो। यद्यपि यस सन्दर्भमा थप प्रमाणहरूका लागि अनुसन्धान भइरहेको बताइएको छ।

दक्षिण कोरियाका सैनिकले सम्बन्धित गतिविधिहरूको खोजी गरिरहेको र सम्भावित थप प्रक्षेपणका लागि तयारीमा प्रतिरक्षा तत्परता कायम गरिरहेको कुरा उल्लेख गरेको छ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय, ब्लू हाउसले प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक आयोजना गरेको छ। यो क्षेप्यास्त्र प्रक्षेपण यस वर्ष उत्तर कोरियाद्वारा परीक्षण गरिएको उसको नवौं क्षेप्यास्त्र परीक्षण भएको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाले गत फेब्रुअरी २७ मा पनि भूःउपग्रह विकास परीक्षण गरेको बताएको थियो  तर यसलाई दक्षिण कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण नै भएको बताएको छ।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, फागुन २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्