Kathmandu Press

खेलाडीको आत्मबल बढाउन खेलकुद सामग्री वितरण

खेलाडीको आत्मबल बढाउन खेलकुद सामग्री वितरण
Hardik ivf

कञ्चनपुर, फागुन २१ : शुक्लाफाँटा नगरपालिका–१० का विभिन्न खेलमा आवद्ध खेलाडीको आत्मबल बढाउन आज खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको रु ८५ हजार रकमबाट शुक्लाफाँटा कृष्णसार फाउण्डेशन (एसबिबीएफ)ले फुटबल, क्रिकेट, भलिबल खेलमा आवद्ध खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको हो। सामाजसेवी तेजबहादुर शाहले तीनवटै खेलका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेका हुन।

खेलकुद सामग्री वितरण गर्दै सामाजसेवी शाहले खेलकुदमा क्रियाशील खेलाडीलाई थोरै भए पनि वडा कार्यालयले सहयोग गरी खेलाडीको हौसला बढाउने कार्य गरेको बताए। वितरण गरिएका सामग्रीमा ब्याट, ब्याटिङ ग्लब्स, किपिङ ग्लब्स, टेनिस बल, डयुस बल, फुटबल नेट, फुटबल, विकेट, भलिबल, भलिबल नेट, क्रिकेट म्याटलगायत रहेको फाउण्डेशनका अध्यक्ष विवेक रावलले बताए।

खेलकुद सामग्री वितरण कार्यक्रममा फाउण्डेशनले वडामा रहेका राष्ट्रियस्तरको खेलकुदमा सहभागिता जनाउँदै आएका क्रिकेट खेलाडीलाई सम्मानपत्र प्रदान गरी सम्मानितसमेत गरेको छ। सम्मानित हुनेमा सरोज ऐर, कैलाश ऐर, साजन गौतम, सुभेश रावल रहेका छन्।

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्