रूस-युक्रेन संकट : तस्बिरमा हेराैं युद्धअघि र पछिको युक्रेन
खारकिभ, युक्रेनको दोस्रो ठूलो शहर हो। केही दिनदेखि रूसी सेनाले कैयौं हवाई हमला गरेको छ। हमलाका कारण यस शहरको मध्य क्षेत्र ध्वस्त भएको छ।
काठमाडौं, फागुन २१ : युक्रेनमाथि दस दिनदेखि आक्रमण गर्दै आएको रूसले शनिबार युद्धविरामको घोषणा गरेको छ।
रूसी रक्षा मन्त्रालयले युक्रेनको दक्षिण पूर्वी शहर मरियुपुल र भोल्नोभाखामा शनिबार बिहानदेखि अस्थायी युद्धविराम घोषणा गरेको बीबीसीले जनाएको छ। त्यस क्षेत्रमा मानवीय सहायतका लागि रूसले अस्थायी रुपमा युद्धविराम घोषणा गरेको हो।
अन्य क्षेत्रमा भने रुसी आक्रमण जारी नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। रुसी मिसाइल आक्रमणका कारण युक्रेनका शहरी र ग्रामिण क्षेत्र ध्वस्त पारेको छ।
यहाँ १० दिनसम्मको रुसी आक्रमणपछि युक्रेनका क्षतिग्रस्त आवासीय क्षेत्र र संरचनाहरुलाई तस्बिरमा देखाइएको छ।
.jpg)
युक्रेनको राजधानी किभबाट केही दुरीमा रूसी सेना जम्मा हुँदा शहरमा धेरै हवाई हमलाहरु भएका छन्। गत शनिबार बिहान एक अपार्टमेन्टको ब्लकमा रुसले आक्रमण गरेको थियो।
.jpg)
किभबाट २० किलोमिटर उत्तरपश्चिममा रहेको सानो सहर इरपिन गत हप्तादेखि रूसी र युक्रेनी सेनाबीच युद्धका कारण उक्त क्षेत्रमा ठूलो क्षति पुगेको छ। स्थल र हवाई आक्रमणमा एक आवासीय क्षेत्र पूर्ण रुपमा ध्वस्त भएको बीबीसीले जनाएको छ।
.jpg)
खारकिभ, युक्रेनको दोस्रो ठूलो शहर हो। केही दिनदेखि रूसी सेनाले कैयौं हवाई हमला गरेको छ। हमलाका कारण यस शहरको मध्य क्षेत्र ध्वस्त भएको छ।
.jpg)
युक्रेनी अधिकारहरुले बुधबार शहरका आवासीय र अन्य क्षेत्रहरुमा रातभरि भारी आक्रमणहरु भएको बताएका छन्। संयुक्त राष्ट्र अभियोजकहरुले सम्भावित युद्ध अपराधको अनुसन्धान गरिरहेको जनाएका छन्।
.jpg)
किभबाट १२० किलोमिटर उत्तर–पूर्वमा रहेको चेर्निहाइभ शहरमा उत्तरबाट रुसी सुरक्षा बलले भारी बमबारी गरेका छन्। जसबाट ३० जनाको मृत्यु भएको बताइएको छ।

अधिकारीहरुका अनुसार बिहीबार विद्यालय र अपार्टमेन्टमा पनि आक्रमण भएको जानकारी दिएका छन्।












