Kathmandu Press

संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैं, फागुन २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन्।नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय...
संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैं, फागुन २१ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताए।

'संसद् नचल्ने, जनताको समस्या छलफल नहुने हुनु हुँदैन, संसद् चल्नु पर्छ,' उनले भने। पूर्वसभामुखसमेत रहेका पौडेलले लामो समय संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए। निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले सङ्घीय तहका कर्मचारी प्रदेश वा स्थानीय तहमा र प्रदेश वा स्थानीय तहका कर्मचारी सङ्घीय आवश्यक परेमा सरुवा आउन जान पाउने गरी ऐन आउनुपर्ने उल्लेख गरे। उनले पेसागत हक र अधिकारको सुनिश्चित गर्दै जनताको सेवामा लाग्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निजामती सेवा ऐन तत्काल संसद्बाट पारित गर्नुपर्ने बताए। 'सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्छ,' उनले भने।

उपसभापति गुरुङले नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुने बताए। आगामी निर्वाचनमा कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने उनको भनाइ थियो।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ट्रेड युनियनको अधिकारसहित संघीय निजामती ऐन अगाडि बढाउन कांग्रेस कटिबद्ध रहेको बताए। उनले निजामती कर्मचारी देशको स्थायी सरकार भएको बताउँदै मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन कर्मचारीको ठूलो भूमिका रहेको बताए।

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्