देशभर ९१ जनामा कोरोना संक्रमण, मृतककाे संख्या शून्य
काठमाडाैं, फागुन २१ : नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परीक्षणका क्रममा ६७...
काठमाडाैं, फागुन २१ : नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ६ सय ६२ पिसिआर परीक्षणका क्रममा ६७ जना र ३ हजार ५ सय ५८ एन्टीजेन परिक्षणका क्रममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा हालसम्म ११ हजार ९ सय ४५ जनाले ज्यान गुमाईसकेका छन्। त्यस्तै थप ३ सय ६२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार ५ सय ५५ जना निको भएका छन्।
हाल नेपालमा ६ हजार ९ सय ४७ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १७:०९ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











