स्वाधीनतामा असर नपर्नेगरी अन्य देशको सहयोग स्वीकार गर्नुपर्छ : पाेखरेल
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नै टुट्ने भएपछि सरकारले बाध्य भएर एमसिसीको व्याख्यात्मक घोषणा ल्याइएको सो घोषणा केही दलको लाज छोप्ने टालो मात्र...
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन नै टुट्ने भएपछि सरकारले बाध्य भएर एमसिसीको व्याख्यात्मक घोषणा ल्याइएको सो घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरेका छन्।
ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बाेल्दै उनले त्यस्ताे टिप्पणी गरेका हुन्।
पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा असर नपर्नेगरी मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे।
त्यस्तै उनले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा दक्षिणपन्थी अवसरवादको अगुवाइ माधव नेपालले गरेको बताए।
उनले एमालेलाई मार्गदर्शन गर्ने विचार जनताको बहुदलीय जनवाद नै भएकाले विचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पारे। पोखरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











