Kathmandu Press

तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

तनहुँ, फागुन २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक स्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन्। नेकपा एकीकृत समाजवादी व्यास...
तनहुँसुरको विकासको गति अगाडि बढेको छ : श्रममन्त्री श्रेष्ठ

तनहुँ, फागुन २१ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक स्थल तनहुँसुरको विकासको गतिमा अगाडि बढेको बताएका छन्। 

नेकपा एकीकृत समाजवादी व्यास नगरपालिका–११ ले आज देउराली डाँडामा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले सम्भावना भएर पनि ओझेलमा परेको तनहुँसुर विकासको गतिमा अगाडी बढेको बताएका हुन्। 

तनहुँसुरसम्म पुग्ने खड्काली मोटरमार्ग कालोपत्र भएसँगै आज तनहुँसुरमा पर्यटकको चहलपहल बढेको बताउँदै मन्त्री श्रेष्ठले भने, ‘ऐतिहासिक ठाउँ भएर पनि तनहुँसुर विकासमा पछाडि पर्‍यो, अब यसको विकासको गतिलाई थप अगाडी लैजान मैले सकेको सहयोग गर्छु।’ आफ्नै पहलमा खड्गकाली मोटरमार्ग कालोपत्र भएको बताउँदै उनले भने, ‘विकासमा कसैलाई काखापाखा गर्दिन, विकास नै मेरो मूल मन्त्र हो।’

मन्त्री श्रेष्ठले कुनै बेला मानुङकोट चर्चित भएर आन्तरिक पर्यटकको भिड बढेको स्मरण गर्दै अब त्यो सम्भावना तनहुँसुरमा रहेको बताए। ‘रुखलाई बीचमा पारेर सडक कालोपत्र भएसँगै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। यदि सडक  कालोपत्रे हुन्थेन भने चौतारी र देउरालीडाँडा चर्चित हुने थिएन,’ उनले भने। मन्त्री श्रेष्ठले देउरालीडाँडामा व्यवस्थित उद्यानका लागि आवश्यक बजेट विनियोजन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

आफू जनताको सेवक भएको बताउँदै मन्त्री श्रेष्ठले जनताको काम र सेवा गर्न राजनीति सुरु गरेको बताए। ‘म शासक होइन, सेवक हो, जनताको सेवामा सधैं समर्पित हुनेछु,’ उनले भने। तनहुँ क्षेत्र नम्बर १ मा विकासको लहर आएको दाबी गर्दै मन्त्री श्रेष्ठले भानुमा रु. ५० करोड र भिमादमा रु. २५ करोडका योजना सञ्चालनको तयारीमा रहेकमो जानकारी दिए। 

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्