कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्छ : सञ्चारमन्त्री कार्की
काठमाडाैं, फागुन २१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन्।नेपाल निजामती कर्मचारी...
काठमाडाैं, फागुन २१ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र निजामती कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको आज (आइतबार) गरिएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै सञ्चारमन्त्री कार्कीले संघीय निजामती ऐनप्रति सरकार पूर्ण जानकार रहेको र कर्मचारीको आवश्यकतालाई ध्यानमा राखेर सरकार अगाडि बढ्ने बताएका हुन्।
'निजामती कर्मचारी मुलुकको स्थायी सरकार हो, व्यावसायिक चरित्रलाई कायम राख्दै कर्मचारी र जनताको हितमा काम गर्न म नेपाल निजामती कर्मचारी युनियनलाई आग्रह गर्दछु,' उनले भने। सहमतिमा नयाँ नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो।
सञ्चारमन्त्री कार्कीले मुलुक जटिल परिस्थितिका साथ अगाडि बढिरहेको बताउँदै व्यक्तिगत महत्वकांक्षालाई थाँती राखेर देश र जनताको हितमा काम गर्न सम्पूर्ण कर्मचारीलाई आग्रहसमेत गरे।
समृद्ध मुलुक निर्माणमा निजामती कर्मचारीको ठूलो भूमिका रहेको भन्दै मन्त्री कार्कीले जनतालाई प्रत्याभूित हुने गरी कर्मचारीले काम गर्नुपर्ने बताए।











