आन्तरिक हवाई उडानको भाडा बढ्याे (सूचीसहित)

काठमाडौं, फागुन २१ : आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले भाडा बढाएका हुन्।
निगमले १ सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एयरलाइन्सहरुलाई बेच्दै आएको छ। एयरलाइन्स कम्पनीहरुले भने निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउनुपर्ने भन्दै आएका छन्।
आन्तरिक उडानको भाडा सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटमा बढेको छ। सो रुटमा साबिकको भाडादरमा ५ सय ४० रुपैयाँले बढेको हो। सबैभन्दा कम भाडा भने काठमाडौं–सिमरा रुटमा बढाइएको। सो रुटमा ९० रुपैयाँ भाडा बढाइएको हो।

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











