Kathmandu Press

कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल

चितवन, फागुन २१ : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन्।शुक्रबार भएको पहिलो चरणको मतदानमा खनालले सबैभन्दा धेरै मत ल्याएका थिए।...
कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल

चितवन, फागुन २१ : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्वाचित भएका छन्।

शुक्रबार भएको पहिलो चरणको मतदानमा खनालले सबैभन्दा धेरै मत ल्याएका थिए। सभापितका लागि भिडेका पाँच उम्मेदवारमध्ये मिलनबाबु श्रेष्ठले दाेस्राे मत ल्याएका थिए। दोस्रो चरणमा श्रेष्ठले समर्थन गरेपछि खनाल विजयी भएका हुन्।  

शुक्रबार भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन्। खनालले ७४६ र श्रेष्ठले ६६२ मत ल्याएका थिए।

अन्य उम्मेदवार उत्तम जोशीले ४ सय ७२, प्रा.डा. सूर्यकान्त घिमिरेले ४ सय २६ र कैलाश कोइरालाले ४ सय १२ मत प्राप्त गरेका थिए।

 

प्रकाशित मिति: १६:१० बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्