Kathmandu Press

पेरिसले पाँच युक्रेनी आणविक केन्द्र सुरक्षा गर्ने उपाय अपनाउने

पेरिस, फागुन २१ : फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष...
पेरिसले पाँच युक्रेनी आणविक केन्द्र सुरक्षा गर्ने उपाय अपनाउने

पेरिस, फागुन २१ : फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदमहरू प्रस्ताव गर्ने एलिसी दरबारले शुक्रबार जनाएको छ।

युक्रेनमा चार सक्रिय आणविक ऊर्जा प्लान्टहरूजापोरिज्जिया, खमेलनित्स्की, रिभने र दक्षिण युक्रेन छन्। चेर्नोबिलमा पाँचौं हाल सिल गरिएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलेआइएइए निर्देशकसँग भेट गरेको उल्लेख गर्दै 'केही घण्टामाफ्रान्सले आइएइए प्राविधिक मापदण्डमा आधारित युक्रेनको पाँच मुख्य आणविक वस्तुहरूको सुरक्षा प्रदान गर्न आफ्ना मुख्य साझेदारहरूलाई ठोस उपायहरू प्रस्ताव गर्नेछ' भनी दरबारले विज्ञप्तिमा जनाएको छ ।

प्रकाशित मिति: १५:५३ बजे, शनिबार, फागुन २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्