Kathmandu Press

भारतमा कोरोनाबाट थप ५ हजार ९ सय सङ्क्रमित

भारतमा कोरोनाबाट थप ५ हजार ९ सय सङ्क्रमित

नयाँ दिल्ली, फागुन २१ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ। 

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार ९२१ जना सङ्क्रमित भएका छन्। 

Hardik ivf

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ६३ हजार ८७८ पुगेको अधिकारीहरूले जनाएका छन्। 

भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ११ हजार ६५१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। 

एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गइरहेको हो।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २३ लाख ७८ हजार ७२१ पुगेको छ।

कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १४ हजार ८७८ जनाको मृत्यु भएको छ। ती मध्ये २८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। 
  
गत शुक्रबार एक दिनमा भारतमा नौ लाख ४० हजार ९०५ जनाको कोरोना परीक्षण गरिएको छ।

प्रकाशित मिति: १५:५१ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्