Kathmandu Press

केही नेता स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेका छन् : नेम्वाङ

काठमाडौं,  फागुन २१ : एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलका केही नेता स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको आरोप लगाएका छन्। प्रेस चौतारी...
केही नेता स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेका छन् : नेम्वाङ

काठमाडौं,  फागुन २१ : एमाले उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलका केही नेता स्थानीय तहको निर्वाचन पछि सार्ने खेलमा लागेको आरोप लगाएका छन्। 

प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एसोसिएटले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै उनले त्यस्तो आरोप लगाएका हुन्। 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेताहरूलाई संकेत गर्दै उनीहरू निर्वाचन देखेर डराइरहेको र भागिरहेको बताए।

‘केही साथीहरु जनतामा जाने भन्दा किन डराउँछन्? बल्लबल्ल स्थानीय तहको निर्वाचनको मिति घोषणा गराएका छौं तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ,’ उनले भने।

नेम्वाङले सरकार र संसदले केही काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताए। नेम्वाङले एमसिसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोपसमेत लगाए।

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्