एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन मंसिरअगावै हुन सक्छ : महामन्त्री थापा
काठमाडाैं, फागुन २१ : कांग्रेस महामन्त्री गगन थापाले एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केही समयअगावै हुन सक्ने बताएका छन्।आज (शनिबार) काठमाडौंमा नेपाल...
काठमाडाैं, फागुन २१ : कांग्रेस महामन्त्री गगन थापाले एमालेले सदन अवरुद्ध गरिरहे आम निर्वाचन केही समयअगावै हुन सक्ने बताएका छन्।
आज (शनिबार) काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको आठौं महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन जसरी पनि हुने बताए । तर त्यसपछि हुने आम निर्वाचन भने मंसिरअगाडि नै हुन सक्ने उनको भनाइ थियो।
हुने भन्दै थापाले स्थानीय तहको निर्वाचनमा शानदार ढंगले पार्टीले जित हासिल गर्ने दाबी गर्नुभयो ।
‘यसैगरी संसद् चल्न नदिने अवस्था बन्दै गयो, नेकपा एमालेले यसैगरी संसद्को उपहास गर्ने काम गरिरह्यो भने संसद किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ,’ महामन्त्री थापाले भने, ‘त्यो बेला मंसीरभन्दा अगाडि पनि आम चुनाव हुन सक्छ।’
संसद अवरोध हटाउने विषयमा एमालेसँग छलफल भइरहेको उनले जानकारी दिए।
स्थानीय निर्वाचन भने कुनै हालतमा तलमाथि नहुने उनले स्पष्ट पारे। स्थानीय निर्वाचन र आम निर्वाचनमा कांग्रेसले सानदार विजय हासिल गर्ने विश्वास उनले व्यक्त गरे। ‘हामी चुनाव गराउँछौं, यो पटक सानदार ढंगले जितेर आएर पाँच वर्ष सरकार चलाउछौं,’ थापाले भने।
प्रतिनिधिसभाको कार्यकाल आगामी मंसीरमा सकिँदै छ। यसअघि प्रतिनिधि सभाको निर्वाचन २०७४ साल मंसिर १० र २१ गते भएको थियो।











