Kathmandu Press

प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली

काठमाडाैं, फागुन २१ : एमालेका अध्यक्ष केपी ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। प्रेस चौतारी नेपाल प्रदेश १...
प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली
फाइल तस्बिर

काठमाडाैं, फागुन २१ : एमालेका अध्यक्ष केपी ओलीले प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। 

प्रेस चौतारी नेपाल प्रदेश १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्। 

अध्यक्ष ओलीले भने, ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्। जातजातिपछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ।’

उनले अर्को प्रसंगमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे। वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद भएको आरोप लगाए। 

प्रेस चौतारीको अधिवेशनलाई उद्घाटन गर्नुअघि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अर्जुनधारा नगरपालिकास्थित सालबाडीमा रहेका पाँच सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्