युक्रेनका दुई सहरमा रूसद्वारा अस्थायी युद्धविराम घोषणा
ती दुई सहरमा केही दिनयता दुवै पक्षबीच भीषण संघर्ष चल्दै आएको थियो।
काठमाडौं, फागुन २१ : १० दिनयता युक्रेनमाथि आक्रमण गरिरहेको रुसले अस्थायी रूपमा युद्धविराम घोषणा गरेको छ।
मानवीय सहायताका लागि भन्दै रुसले आज (शनिबार) बिहान १० बजे दुई सहरमा युद्धविराम घोषणा गरेको रुसी समाचार संस्था तासले जनाएको छ।
तासका अनुसार मरिपोल र भोल्नोभाखा सहरका स्थानीयलाई बाहिर निस्कने वातावरण मिलाउन अस्थायी रूपमा युद्धविराम घोषणा गरिएको हो। त्यसका लागि मानवीय करिडोर खुला गरिएको जनाइएको छ।
दुवै देशका अधिकारीबीच वार्ता पनि जारी छ। दोस्रो चरणको वार्ताले अस्थायी रूपमा युद्धविराम गरेर मानवीय सहायतका लागि करिडोर खुलाउने सहमति भएको जनाइएको छ।
ती दुई सहरमा केही दिनयता दुवै पक्षबीच भीषण संघर्ष चल्दै आएको थियो।
प्रकाशित मिति: १३:४७ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











