Kathmandu Press

गण्डकीका मुख्यमन्त्री पोखरेल मधेस प्रदेश भ्रमणमा

जनकपुरधाम, फागुन २१ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पर्यटन व्यवसायी र उद्योगीको टोलीका साथमा आज (शनिबार) मधेस प्रदेशको भ्रमणमा जनकपुरधाम आइपुगेका...
गण्डकीका मुख्यमन्त्री पोखरेल मधेस प्रदेश भ्रमणमा

जनकपुरधाम, फागुन २१ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पर्यटन व्यवसायी र उद्योगीको टोलीका साथमा आज (शनिबार) मधेस प्रदेशको भ्रमणमा जनकपुरधाम आइपुगेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रण र नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजनमा उनी जनकपुरधाम आइपुगेका हुन्।

दुई प्रदेशबीच आन्तरिक पर्यटन प्रवर्धन, अन्तर प्रदेशीय समन्वय तथा सहकार्यका लागि यस किसिमको भ्रमण आयोजना गरिएको जनाइएको छ।

मुख्यमन्त्री पोखरेलले सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा धार्मिक पर्यटन र सांस्कृतिक अन्तरघुलन, मिलाप र सहकार्यका लागि भ्रमण निकै उपलब्धिमूलक हुनेमा विश्वास व्यक्त गरे।

‘मिथिलाको सत्कार र सौन्दर्यका लागि गण्डकी प्रदेशको राजधानी पोखरा अतुलनीय सम्बन्धलाई थप प्रगाढ बनान अन्तरप्रदेशीय भ्रमण गर्न थालेका हौं,’ उनले भने।

मधेस प्रदेशका पर्यटन, उद्योग तथा वन मन्त्री शत्रुधन महतो तथा जनकपुर उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायीले विमानस्थलमा पुगेर मुख्यमन्त्री पोखरेल र उनको टोलीलाई स्वागत गरेका थिए।

प्रदेश सरकारको कार्यालय उनलाई मुख्यमन्त्री राउतले स्वागत गरेका थिए।

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्