Kathmandu Press

कर्मचारी समायोजनमा देखिएका समस्या चाँडै हल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री एवं कांगे्रस सभापति शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरेर कर्मचारी समायोजनमा देखिएका समस्या हल प्रतिबद्धता व्यक्त...
कर्मचारी समायोजनमा देखिएका समस्या चाँडै हल गर्ने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं, फागुन २१ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरेर कर्मचारी समायोजनमा देखिएका समस्या हल प्रतिबद्धता व्यक्त गरेका छन्।

आज (शनबिार) काठमाडौंमा कांग्रेसनिकट नेपाल कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरेर निजामती सेवालाई व्यवस्थित गर्न सरकार क्रियाशील छ।’

मुलुक संघीय संरचनामा गएपछि कर्मचारी समायोजन गर्दा केही समस्या देखिएको बताउँदै प्रधानमन्त्री देउवाले त्यसको समाधान चाँडै गरिने प्रतिबद्धता जनाएका हुन्।

प्रधानमन्त्री देउवाले निजामती कर्मचारीले राजनीतिका आस्थामा कुनै भेदभाव नगरि छिटो छरितो सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए।

युनियनका अध्यक्ष गोपाल पोखरेलले संघीय निजामती सेवा ऐन छिटो जारी गर्न र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्