Kathmandu Press

पेसावर मस्जिदको ‘भयानक हमला’ प्रति  गुटेरेसद्वारा निन्दा

न्युयोर्क, फागुन २१ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेसावर सहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।'प्रार्थनागृहहरू...
पेसावर मस्जिदको ‘भयानक हमला’ प्रति  गुटेरेसद्वारा निन्दा

न्युयोर्क, फागुन २१ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको पेसावर सहरमा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको आत्मघाती विस्फोटको निन्दा गरेका छन्।

'प्रार्थनागृहहरू आश्रयस्थल हुनुपर्छ, आक्रमणको निशाना होइन । म पाकिस्तानको पेशावरको मस्जिदमा शुक्रबारको नमाजको क्रममा भएको भयानक र दुखःद आक्रमणको निन्दा गर्दछु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो संवेदना र पाकिस्तानका जनताप्रति मेरो ऐक्यबद्धता छ,' उनले भने।

Hardik ivf

शुक्रबार शिया मस्जिदमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने १९४ जना घाइते भएका थिए । घटनालाई आत्मघाती हमला भन्दै शहरका अधिकारीहरूले शुरुमा दुईजना आक्रमणकारी संलग्न रहेको बताएका थिए।

यद्यपि, पछि सार्वजनिक गरिएको सिसिटिभी फुटेजले कालो शल्वार कमिज लगाएका एक्लो आक्रमणकारी शहरको किस्सा ख्वानी बजारमा रहेको मस्जिदमा पैदल प्रवेश गरेको र पेस्तोल बोकेको देखाइएको डन अखबारले रिपोर्ट गरेको छ।

पाकिस्तानको मानव अधिकार आयोग (एचआरसिपी) ले शुक्रबार आत्मघाती विष्फोटको कडा निन्दा गरेको छ जुन यसले शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरेको थियो।

उक्त आक्रमण स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको थियो। पेसावर विस्फोटको निन्दा गर्दै एचआरसीपीले यो हमला स्पष्ट रूपमा शिया उपासकहरूलाई लक्षित गर्ने र साम्प्रदायिक संगठनहरूको पहिचान बोकेको थियो भन्ने टिप्पणी गरेको छ।

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्