Kathmandu Press

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानलको क्लिन स्विप

काठमाडौं, असोज ८ : नेपाल  वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। 

मंगलबार रात....

वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानलको क्लिन स्विप

काठमाडौं, असोज ८ : नेपाल  वैदेशिक रोजगार व्यवसायी संघमा नेपाली कांग्रेसनिकट लोकतान्त्रिक प्यानल नै विजयी भएको छ। 

मंगलबार राति होटल हायातमा सम्पन्न संघको निर्वाचनबाट लोकतान्त्रिक प्यानलका विष्णुप्रसाद गैरे अध्यक्षमा निर्वाचित भएका छन्। गैरेले सत्तारुढ दल नेकपानिकट संयुक्त व्यवसायी समूहका सरोजकुमार पोखरेललाई पराजित गरे।

अध्यक्षमा निर्वाचित गैरेले ३३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पोखरेलले २८६ मत पाए।  अध्यक्षमा निर्वाचित गैरे कांग्रेसको सुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रा.लि.का सञ्चालक हुन्।

यस्तै, संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा सुजितकुमार श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा ईन्दिरा गुरुङ विजयी भएका छन्। उनीहरु सबै लोकतान्त्रिक प्यानलकै उम्मेदवार हुन्। 

यसैगरी, सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल निर्वाचित भएका छन्। 

संघको निर्वाचनमा कुल ६५८ मतमध्ये ६ सय २१ मतमात्रै खसेको थियो।
 

प्रकाशित मिति: ०८:१० बजे, बुधबार, असोज ८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्