Kathmandu Press

कैलाली कारागारमा थुनावाको मृत्यु

कैलाली, फागुन २१ : कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का...
कैलाली कारागारमा थुनावाको मृत्यु

कैलाली, फागुन २१ : कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको कैलाली कारागारमा मृत्यु भएको हो।

उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार निधन भएको हो । फोक्सोसम्बन्धी समस्या देखिएपछि उनलाई २ दिनअघिदेखि आईसियूमा राखेर उपचार गरिँदै थियो ।

मृतक थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी बिरामी  भएको बताइएको छ ।

प्रकाशित मिति: ११:३१ बजे, शनिबार, फागुन २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्