महोत्तरीमा पाँच वटा पसलमा आगलागी, डेढ करोडबढीको क्षति
महोत्तरी, फागुन २१ : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बजारमा आज बिहान आगलागी भएको छ। बजारका पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड रुपैयाँ...
महोत्तरी, फागुन २१ : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित बजारमा आज बिहान आगलागी भएको छ। बजारका पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।
स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी भएको थियो । सो आगलातीमा पसलभित्र रहेको २५ लाख रुपैयाँ बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।
मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौंडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ ।











