परराष्ट्रमन्त्री डा. खड्का र बेलायतका विदेशमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं, फागुन २१ : परराष्ट्रमन्त्री डा. नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ।गएराति उनीहरूबीच भएको...
काठमाडौं, फागुन २१ : परराष्ट्रमन्त्री डा. नारायण खड्का र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री लर्ड अहमदबीच टेलिफोन संवाद भएको छ।
गएराति उनीहरूबीच भएको वार्तामा नेपाल र बेलायतबीचको आपसी सहयोगका विविध विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री डा. खड्काले कोभिड विरुद्धको खोप सहयोगप्रति बेलायत सरकारलाई धन्यवाद व्यक्त गरेका छन्।
उनीहरूबीच क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी सहयोग र जलवायु परिवर्तनलगायतका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ०६:५८ बजे, शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











