Kathmandu Press

एनएसएल अक्सन : कुन टिमले किने कस्ता खेलाडी ?, बिकेनन् स्टार खेलाडी

काठमाडाैं, फागुन २० : नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी अक्सन सकिएको छ।...
एनएसएल अक्सन : कुन टिमले किने कस्ता खेलाडी ?, बिकेनन् स्टार खेलाडी

काठमाडाैं, फागुन २० : नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणका लागि शुक्रबार खेलाडी अक्सन सकिएको छ। अक्सनमा सहभागी २४९ खेलाडीबाट प्रत्योक टिमले १५ खेलाडी किनको छन्।

अक्सनमा सहभागी २४९ खेलाडीलाई ए, बी र सी गरी तीन क्याटेगोरीमा विभाजन गरिएको थियो। जसअनुसार प्रत्येक टिमले ए क्याटेगोरीबाट ४, बीबाट ६ र सीबाट ५ खेलाडी किन्नेका छन्। ए मा ४९ तथा बी र सी मा १००–१०० जना खेलाडी थिए। एनएसएलका १० टिमले ए क्याटागोरीबाट ४, बीबाट ६ र सीबाट ५ गरी १५–१५ जना खेलाडी अनुबन्ध गर्दा ९९ जना खेलाडी अक्सनमा विकेनन्।

ए क्याटागोरीका खेलाडीलाई १ लाख ५० हजार न्यूनतम र ३ लाख ५० हजार अधिकतम मूल्य निर्धारण गरिएको थियो। ४९ जनामध्ये १८ जना खेलाडीलाई एनएसएल क्लबले अधिकतम मूल्यमा अनुबन्ध गरेका छन्।

एनएसलको अक्सनमा बिक्री नहुनेमा राष्ट्रिय टिमबाट खेलिसकेका भरत खवासदेखि विक्रम लामासम्म छन्। पछिल्लो सयम चोटका कारण मैदानबाहिर रहेका विक्रम लामाप्रति अक्नमा कुनै टिमले चासो नदेखाउँदा आर्मीका कप्तान भरत खवासको अवस्था पनि उस्तै रह्यो। विक्रम अघिल्लो सिजन चोटका कारण अक्सनमै सहभागी थिएनन् भने भरत एफसी चितवनका मार्की खेलाडी थिए।

यस्तै, राष्ट्रिय टिमका स्टर स्ट्राइकर अभिषेक रिजाल पनि अनसोल्ड खेलाडीकै सूचीमा रहे। यही सूचीमा मिडफिल्डर नितिन थापा, गोलकिपर सत्रुधन चौधरी, विक्रम धिमाल, प्रिजेन तामाङ, रवि सिलवाल, सुमन सुवेदी, निशान लिम्बु पनि रहे।

कुन खेलाडी कुन टिममा

प्रकाशित मिति: २०:४२ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्