२२ अनलाइनलाई सचेत गराउँदै १६ युट्युब च्यानललाई कारबाही सिफारिस
काठमाडौं, फागुन २० : प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई अनुसन्धानको घेरामा ल्याई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोलाई सिफारिस गरेको छ।काउन्सिका...
काठमाडौं, फागुन २० : प्रेस काउन्सिल नेपालले १६ वटा युट्युब च्यानललाई अनुसन्धानको घेरामा ल्याई कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोलाई सिफारिस गरेको छ।
काउन्सिका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै मिडियाअन्तर्गत आबद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरेका हुन्।
‘हालसम्म विभिन्न सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरुको पक्षविपक्ष हुनेगरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने, पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने थप पीडा हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन कार्यबाट पत्रकार आचार संहिता २०७३ (पहिलो संशोधन २०७६) को दफा ५ (११), ५ (४) र ४ (९) को ठाडो उल्लंघन भएको छ।’
आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण २२ वटा मिडिया अनलाइनलाई सचेत गराइएको पनि विज्ञप्तिमा उल्लेख छ।













