Kathmandu Press

एमसिसी अनुमोदन भएको दिन कालो दिनका रुपमा दर्ज भएको छ : विप्लव

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फागुन १५ गते इतिहासको कालो दिनका रुपमा दर्ज भएको बताएका छन्। ६ कम्युनिस्ट पार्टी...
एमसिसी अनुमोदन भएको दिन कालो दिनका रुपमा दर्ज भएको छ : विप्लव

काठमाडौं, फागुन २० : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फागुन १५ गते इतिहासको कालो दिनका रुपमा दर्ज भएको बताएका छन्। 

६ कम्युनिस्ट पार्टी र मोर्चाले एमसिसीविरुद्ध शुक्रबार काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै एमसिसी सम्झौता देश र जनताको हितविपरित हुँदाहुँदै अनुमोदन गरेका कारण फागुन १५ इतिहासको कालो दिनका रुपमा दर्ज हुने बताएका हुन्। 

नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ ।अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१ औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे ।

अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको दाबी गरे। 
 

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्