Kathmandu Press

आफ्नो चरित्रहत्या गर्नेलाई कारबाही माग गर्दै साइबर ब्युराेमा रेखा थापाकाे उजुरी

काठमाडौं, फागुन २० : विभिन्न विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले न्यायका लागि साइबर ब्युरोलाई गुहारेकी छन्।ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल...
आफ्नो चरित्रहत्या गर्नेलाई कारबाही माग गर्दै साइबर ब्युराेमा रेखा थापाकाे उजुरी

काठमाडौं, फागुन २० : विभिन्न विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री रेखा थापाले न्यायका लागि साइबर ब्युरोलाई गुहारेकी छन्।

ब्युरोका अनुसार विभिन्न युट्युब च्यानल तथा अनलाइन पोर्टलहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै उनले आफन्तमार्फत साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी हुन्। 

नाबालिग बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको विषयसँग जोडेर विद्युतीय सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको, गालीगलौज गरेको भन्दै त्यस्तो कार्यमा संलग्न युट्युब च्यानल तथा अनलाइन पोर्टललाई कारबाही गर्न माग गर्दै अभिनेत्री थापाले निवेदन दिएकी हुन्।

उनको निवेदनमा आफूसहित नायिका ऋचा शर्मा, शृंखला खतिवडा, प्रियंका कार्कीलगायत युट्युबमा तथानाम गाली गरिएको उल्लेख छ। 

प्रकाशित मिति: १७:३२ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्