माओवादीको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित
शुक्रबार दिउँसो १ बजेपछि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिएको हो।
काठमाडौं, फागुन २० : नेकपा माअोवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारसम्म स्थगित भएको छ।
शुक्रबार दिउँसो १ बजेपछि सुरु भएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरिएको हो।
पहिलो दिन अध्यक्ष प्रचण्डले एमसिसी अनुमोदन भएपछिको राजनीतिक अवस्था, आगामी स्थानीय तहको निर्वाचन र सत्तारुढ गठबन्धनका बारेमा ब्रिफिङ गरेका थिए। त्यस्तै नेता नारायणकाजी श्रेष्ठले प्रचण्डको अभिव्यक्ति र पार्टीको भविष्यबारे आफ्नो धारणा राखेका थिए।
आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । छलफलका लागि बैठकमा ६ वटा एजेण्डा पेश भएका छन् ।
प्रकाशित मिति: १७:२२ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार