Kathmandu Press

काठमाडौं प्रशासनले पूर्ण रुपमा हटायाे निषेधाज्ञा

काठमाडाैं, फागुन २० : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण जारी गरिएका सबै आदेशमा भएका आंशिक निषेधाज्ञा हटाएको छ।कोरोना महामारीको तेस्रो लहर...
काठमाडौं प्रशासनले पूर्ण रुपमा हटायाे निषेधाज्ञा

काठमाडाैं, फागुन २० : जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना महामारीका कारण जारी गरिएका निषेधाज्ञा पूर्ण रुपमा हटाएको छ।

कोरोना महामारीको तेस्रो लहर मत्थर हुँदै जाँदा काठमाडौं प्रशासनले विभिन्न आदेशमार्फत गरेका प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दे लगे पनि आंशिक निषेधाज्ञा बाँकी नै थियो। 

काठमाडौं प्रशासनले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा प्रतिबन्धात्मक व्यवस्था हटाइएको जानकारी दिएको हो।

‘२०७८/११/२१ देखि लागू हुने गरी प्रचलित कानुनबमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, व्यवसायिकलगायतका क्रियाकलापहरु प्रचलित स्वास्थ्य मापदण्डको पालना गरी गराई नियमित रुपमा सञ्चालन गर्नगराउन यसअघि जारी भएका आदेशहरुमा भएका प्रतिबन्धात्मक व्यवस्थाहरू पूर्ण रुपमा हटाइएको बेहोरा जानकारी गराइन्छ,’ प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भनेका छन्, ‘कोरोना महामारीको कठिन समयमा जारी आदेशको परिपालना गरी संक्रमण रोकथाममा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्दछु।’

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्