Kathmandu Press

सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाउनेलाई कारवाही गर्ने साइबर ब्यूरोको चेतावनी 

काठमाडौं, फागुन २० : पछिल्लो समय  युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरी आपराधिक घटनाको अनुसन्धान कार्यलाई प्रभावित पार्ने सामाग्री प्रसारण भएकामा त्यस्तो...
सामाजिक सञ्जालको दुरूपयोग गरी अफवाह फैलाउनेलाई कारवाही गर्ने साइबर ब्यूरोको चेतावनी 

काठमाडौं, फागुन २० : पछिल्लो समय  युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरी आपराधिक घटनाको अनुसन्धान कार्यलाई प्रभावित पार्ने सामाग्री प्रसारण भएकामा त्यस्तो नगर्न साइबर ब्यूरोले आग्रह गरेको छ। 

शुक्रबार साइबर ब्यूरोले सूचना जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक एवम् झुठा क्याप्सन राखी सामाग्रीहरु प्रकाशन. गर्ने प्रवृत्ति बढेका कारण साइबर ब्यूरोले ध्यानाकर्षण गरेको हो। 

भ्रामक एवं झुट्टा क्याप्सन राखी भिडियो तथा तस्बीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् पीडित व्यक्तिको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने गरी सामाग्री प्रसारण गर्ने कार्य गर्नेलाई कारबाही गर्ने ब्यूरोले चेतावनी दिएको छ। 

‘त्यस्ता कृयाकलापहरु विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोर सूचित गर्दै यस्ता प्रकारका गतिविधि नगर्नु हुन सम्पूर्णमा साइबर ब्यूरो अनुरोध गर्दछ,’ ब्यूरोले जारी गरेको सूचनामा भनिएको छ। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्