Kathmandu Press

थप १२६ जनामा कोरोना संक्रमण, एककाे मृत्यु

काठमाडौं, फागुन २० : नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १...
थप १२६ जनामा कोरोना संक्रमण, एककाे मृत्यु

काठमाडौं, फागुन २० : नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ७ हजार ९१ पिसिआर परिक्षणका क्रममा १ सय ११ जना र १ हजार ८ सय ४२ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४५ जनाको मृत्यु भएको छ।

त्यस्तै थप ३ सय ८५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५८ हजार १ सय ९३ जना निको भएका छन्

 हाल नेपालमा ७ हजार २ सय ४२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५२ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्