Kathmandu Press

भारतमा कोरोना भाइरसबाट थप ६ हजार सङ्क्रमित

नयाँ दिल्ली, फागुन २० : भारतमा कोरोनाभाइरसबाट थप ६ हजार सङ्क्रमित भएका छन् ।पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण...
भारतमा कोरोना भाइरसबाट थप ६ हजार सङ्क्रमित
Hardik ivf

नयाँ दिल्ली, फागुन २० : भारतमा कोरोनाभाइरसबाट थप ६ हजार सङ्क्रमित भएका छन् ।पछिल्लो केही समयदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या निरन्तर ओरालो लागिरहेकाले शुक्रबारको विवरण पनि अघिल्लो दिनको तुलनामा कम देखिएको छ ।
 
सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ३९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सोही अवधिमा १३ हजार ४५० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ६९ हजार ८९७ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।

पछिल्लो एक दिनमा कोरोनाका कारण २०१ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १४ हजार ५८९ पुगेको छ । 

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्