Kathmandu Press

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

रुसद्वारा युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा

किभ, फागुन २० : युक्रेनमाथि आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ।

यो परमाणु केन्द्र युरोपकै सबैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए।

Hardik ivf

बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो। त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन्।
 
रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन्। रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन् ।युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ ।

प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्