Kathmandu Press

माओवादीको केन्द्रीय कमिटी बैठकका ६ एजेण्डा, प्राथमिकतामा एमसिसी 

काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ एजेण्डा तय भएका छन्। राष्ट्रिय सभागृहमा शुक्रबारदेखि आइतबार सम्म चल्ने केन्द्रीय समितिको बैठकका लागि...
माओवादीको केन्द्रीय कमिटी बैठकका ६ एजेण्डा, प्राथमिकतामा एमसिसी 

काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रको केन्दीय समिति बैठकमा ६ एजेण्डा तय भएका छन्। 

राष्ट्रिय सभागृहमा शुक्रबारदेखि आइतबार सम्म चल्ने केन्द्रीय समितिको बैठकका लागि विभिन्न ६ वटा एजेण्डा तय गरिएको हो। पहिलो एजेण्डामा शहीदप्रति श्रद्धान्जली दिइने, दोस्रोमा अध्यक्ष प्रचण्डबाट रिपोर्टिङ गर्ने र एमसिसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका थुप्रै नेताहरुले एमसिसी अनुमोदन भएप्रति आपत्ति जनाएपछि केन्द्रीय कमिटी बैठकको एजेण्डामा एमसिसीलाई प्राथमिकतामा राखिएको हो। 

त्यस्तै तेस्रो नम्बरमा पार्टीको संरचना रहेको छ।  पार्टीको पदाधिकारी, स्थायी कमिटी सदस्य,  पोलिटब्यूरो र केन्द्रीय कमिटीबारे छलफल हुने एजेण्डा छ। एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ ।

एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ । 

प्रकाशित मिति: १५:१३ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्