जावलाखेल चोकलगायत केही स्थान धूमपान निषेधित क्षेत्र घोषणा
ललितपुर, फागुन २० : ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ।महानगरले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्वायर,...
ललितपुर, फागुन २० : ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गरेको छ।
महानगरले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो।
धुम्रपान नगरौ स्वास्थ रहौ नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।
उनले यसअघि नै ललितपुरका केही क्षेत्रलाई धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए।
महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाइबुझाइ गर्ने र त्यसपट्टि भने कारबाही स्वरुप जरिवाना गर्ने जनाएको छ। धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगर प्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ।











प्रकाशित मिति: १५:१० बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











