Kathmandu Press

सार्वजनिक लेखा समितिद्वारा वार्षिक प्रतिवेदन २०७८ पारित

काठमाडाैं, फागुन २० : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वार्षिक प्रतिवेदन २०७८ पारित गरेको छ।सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पारित...
सार्वजनिक लेखा समितिद्वारा वार्षिक प्रतिवेदन २०७८ पारित

काठमाडाैं, फागुन २० : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले वार्षिक प्रतिवेदन २०७८ पारित गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पारित गरेको हो।

समितिको प्रतिवेदनमा सार्वजनिक लेखा समितिका निर्णय तथा निर्देशनहरू, महालेखापरीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कारबाहीहरूको विवरणहरू र विभिन्न समयमा समितिले गठन गरेका उपसमितिका प्रतिवेदन तथा भ्रमण प्रतिवेदनहरु समेटिएको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए। 

समितिलबाट पारित भएसंगै बार्षिक प्रतिवेदन सदनमा पेश हुनेछ।

प्रकाशित मिति: १५:०१ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्