Kathmandu Press

गठबन्धन स्थानीय तहकाे निर्वाचनसम्म जाने सुनिश्चित भयो : प्रचण्ड 

शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसिसी अनुमोदन भएसँगै गठबन्धनमा देखिएको अन्योलता समाप्त भएको बताएका हुन्। 
गठबन्धन स्थानीय तहकाे निर्वाचनसम्म जाने सुनिश्चित भयो : प्रचण्ड 

काठमाडौं, फागुन २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी अनुमोदन भएसँगै चार दलीय सत्ता गठबन्धन दल आगामी स्थानीय तहको निर्वाचनसम्म जाने सुनिश्चित भएको बताएका छन्। 

शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसिसी अनुमोदन भएसँगै गठबन्धनमा देखिएको अन्योलता समाप्त भएको बताएका हुन्। 

उनले एमसिसी पास हुनुअघि गठबन्धनको भविष्यबारे अनेक खालका टिकाटिप्पणी भएको, गठबन्धन टुट्ने, फेरि प्रतिगमनको उदय हुने लगायतका चर्चा भएपनि अहिले गठबन्धन सुरक्षित रहेको बताएका हुन्। 

उनले प्रतिपक्षी दलले संसद खुलाउनुपर्ने बताए। संसदको अवरोध नखुलाए अन्य विकल्पमा पनि जान सकिने प्रचण्डको धारणा छ। 

प्रकाशित मिति: १४:५५ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्