Kathmandu Press

अफगान लगानीकर्तालाई स्वदेश फिर्ता हुन आह्वान

काबुल, फागुन २० : अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेकाे त्यहाँकाे सरकारले शुक्रबार जानकारी दिएको छ। बरादारले बिहीबार...
अफगान लगानीकर्तालाई स्वदेश फिर्ता हुन आह्वान

काबुल, फागुन २० : अफगान कार्यवाहक सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादारले अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्कन आह्वान गरेकाे त्यहाँकाे सरकारले शुक्रबार जानकारी दिएको छ। 

बरादारले बिहीबार काबुलमा आयोजित अफगानिस्तान राष्ट्रिय निजी क्षेत्र सम्मेलनमा उक्त टिप्पणी गरेको सरकारले एक विज्ञप्तिमार्फत जनाएको छ।

Hardik ivf

'बरादारले विदेशमा रहेका अफगान लगानीकर्ताहरूलाई स्वदेश फर्केर यहाँ लगानी गर्न आह्वान गर्नुभएको जनाइएको छ। लगानीकर्ता र उनीहरूको सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुनेछ,’ विज्ञप्तिमा भनिएको छ।

'अन्तर्राष्ट्रिय नाकाबन्दीहरु दिनप्रतिदिन खुकुलो हुँदै गइरहेको छ र उद्योग, व्यापार र लगानीमा थप सुविधा दिने प्रयास भइरहेको छ, आर्थिक अवस्था सुधार्ने प्रयास भइरहेको छ,’ बरादारले भनेका छन्।

मंगलबार, विश्व बैंकको सञ्चालक समितिले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषको १ अर्ब अमेरिकी डलर स्थिर नराख्ने निर्णय गरेको छ। गत २०२१ अगस्ट १५ मा तालिबानले कब्जा गरेपछि सो रकम फ्रिज गरिएको दा अफगानिस्तान बैंक (डिएबी) ले जनाएको छ।  

डिएबीले विश्व बैंकको यो कदमलाई सद्भावनाको रुपमा स्वागत गर्दै विश्व वित्तीय संस्थासँग थप सहकार्यका लागि आह्वान गरेको छ।

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्